काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मान सहित आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । माधवप्रसाद घिमिरे (जन्मः वि.सं १९७६ असोज ७ गते, मृत्युः २०७७ भाद्र २ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्ध) जस्ता अनेकौं विधा उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्। प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङ्गबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले विं.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाए थिए। उनका नव),मञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं.२०१०), नयाँ नेपाल (वि.सं २०१३) किन्नरकिन्नरी (वि.सं २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्।
उनलाई राष्टकविको उपाधिले सम्मान गरिएको छ । राष्ट्रिय गीत, नेपाली भाषा र साहित्यको विविध विधामा पुर्याउनु भएको योगदानको कदर स्वरुप राष्ट्रकवि श्री घिमिरेलाई नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४ माघ २६ गते बसेको बैठकले नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच राष्ट्रकवि श्री माधव प्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जाको दज्र्र्यानी चिन्ह प्रदान गरेकी थिइन्। नेपाली सेनाका तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रिले नेपाली सेनाको तर्फबाट सम्मान पुर्वक सहायक रथिको दर्जाले सम्मान गर्नुभएको थियो। राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो ।
Leave a Reply