प्रमिसा दाहाल
ललितपुर । विश्वभरी फैलिएको कोरोना जोखिम नेपालका विभिन्न जिल्ला सहित काठमाण्डौ उपत्यकामा पनि तिव्र रुपमा फैलिदै गए पछि कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्र्दै दक्षिण ललितपुरका कोन्ज्योसोम, बागमती तथा महाङ्काल गरि तीन वटै गाउँपालिका उच्च जोखिममा रहेकोले भाद्र १ गते बाट लागु हुने गरी भाद्र १५ गते सम्मका लागि आवतजावत बन्द गरिएको छ । आइतबार बसेको तीनै गाउँपालिकाका संयुतm फोरमले कोरोनाको महामारीबाट जोगिन भन्दै संयुतm विज्ञप्ति जारी गर्दै उतm निर्णय गरेको थियो ।
कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिंतान , बागमतीका अध्यक्ष वीर बहादुर लोप्चन तथा ममहाङ्कालका अध्यक्ष रामचन्द्र दाहालको संयुतm फोरमको बैठकले अत्यावश्यक सेवा बाहेक अन्य कार्य र सार्वजनिक यातायातमा पूर्ण रोक लगाउने निर्णय गरेको हो ।
महामारी विरुद्ध सर्तकता अपनाउदै कोन्ज्योसोम गाउँपालिका वडा नं. ४ नल्लु भञ्ज्याङ् र बागमती गाउँपालिका वडा नं. २ वगुवामा नेपाल प्रहरीको चेकपोस्ट राख्ने तथा विर्खे धारामा स्वास्थ्यकर्मी, नेपाल सेना र नेपाल प्रहरीको हेल्थ डेस्क सहित संयुतm चेकपोस्ट राख्ने निर्णय भएको छ ।
त्यस्तै फोरमको संयुतm बैठकले तीन वटै गाउँपालिका भित्र सञ्चालनमा रहेका होटल, रेस्टुराँ, चिया पसल सञ्चालन गर्दा अनिवार्य रुपमा भौतिक दूरी कायम गरी मास्क, सेनिटाइजर तथा पञ्जा अनिवार्य गर्ने पनि निर्णय गरेको छ ।
Leave a Reply