कपनमा ३४ जनाले गरे रक्तदान

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपनको सिभिल भोलिन्टिएर ग्रुप र नेपाल रेडक्रस सोसाइटी कपन उपशाखाको संयुक्त आयोजनामा वृहत सुरक्षित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।रक्तदान कार्यक्रम कपन स्थित बाल उद्दार माध्यमिक विद्यालयमा भएको थियो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भार्इरसको कारणले अन्य रोगको उपचार गर्दा समेत रगतको अभाव हुन सक्ने भन्दै रगतको अभाव नहोस् भन्ने उदेश्यका साथ सुरक्षित रक्तदान कार्यक्रम राखेको आयोजक समिति सदस्य निर्जला शाहीले बताईन्।

रक्तदान जीवनदान मूल नाराका साथ सम्पन्न गरिएको उक्त रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । कार्यक्रमलाई सफल बनाउन G& S mobile shop थलि, कुम्भेश्वर गौरी शंखर क्याटरिगं कपन र वडा कार्यालयले समेत आर्थिक तथा आवश्यक सामाग्री सहयोग गरेको थियो ।