बिराटनगर । अन्र्र्तराष्ट्रिय युवा दिवसका अवसरमा विराट युवा संजालले कोभिड(१९) ले युवामा पारेको असर र समाधान भन्ने विषयमा भर्चुअल तवरले छलफल तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगर अस्पतालको बरिष्ठ डाक्टर रजनिश झाले कोरोना भाईरसबारे विभिन्न जानकारी दिए । यसैगरि नेपाली कांगे्रस बिराटनगर महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपानेले बिराटनगरको हालकोअवस्था र युवाहरुमा परेको प्रभावको साथै कोरोना संक्रमितको संख्या, ट्रेसिगंको अवस्था बारे जानकारी दिंदै र कोरोना कोभिड (१९) समुदाय स्तरमा फैलिसकेकाले युवाहरूले यस्तो विषम परिस्थितिमा समाजमा सचेतना जगाउन विशेष भुमिका खेल्न आग्रह समेत गरे ।
ओरेक नेपाल का मनोबिमर्शकर्ता दमयन्ती राजवंशीले कोरोना भाईरस कोभिड (१९) र नेपाल सरकारले गरेको लामो लकडाउनका कारण युवाहरु र समाजमा मानसिक समस्याहरु बढेको जानकारी दिईन् । उनले कार्यक्रममा बोल्दै मानसिक समस्याबाट युवाहरुलाई जोगाउने र परामर्श गरेर समाधान गर्नुपर्नेमा जोड दिईन् । भर्चुअल कार्यक्रममा जुम र फेसबुकको भिडियो समुह मार्फत लगभग एक हजार जना भन्दा बढिले भाग लिएको कुरा सञ्जालका अध्यक्ष बिकेश मुखियाले जानकारी दिए ।
Leave a Reply