बालविवाह विरुद्धमा गोदावरीको भिडियो सार्वजनिक ( भिडियो सहित )

ललितपुर । गोदावरी नगरपालिकाले बालविवाह उन्मुलन गर्न सन्देश दिँदै एक भिडियो सार्वजनिक गरेको छ । बालविवाह देशभरिकै समस्या हो । गोदावरीमा पनि केहि वडाहरु बालविवाहले ग्रसित रहेको छ । उहिले सांस्कृतिक रुपमा बिकृति मान्दै आएको बालविवाह आजकल परिवेश फरक देखिन थालेको छ । अभिभावकले बिवाह गरिदिने भन्दापनि किशोर किशोरीहरु आफुखुसि भागी बिवाह गर्न थालेको विज्ञहरु बताउँछन् । यसै सन्दर्भमा गोदावरी नगरपालिका बालमैत्री उन्मुख नगर हो तर बालश्रम र बालविवाह प्रमुख समस्या रहेको भन्दै भागी विवाह नगर्न सन्देश  दिन यो भिडियो निर्माण गरेको सामाजिक विकास समितिका संयोजक भाष्कर थापाले बताए । यसै सन्दर्भमा “जसको सरोकारःउसैको नेतृत्वको नारालाई मनन गर्नुपर्ने भन्दै नगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारतीले अवको दिन बालवालिकाको सरोकार राख्ने विषयमा उनीहरुको अर्थपुर्ण सहभागिता राख्न आफु उत्साहि रहेको बताए । नगर उपप्रमुख मुना अधिकारीले बालविवाह कम गर्न भिडियोले सकारात्मक प्रभाव पार्ने कुरामा आफु विश्वस्त रहेको बताईन् । भिडियोले गोदावरीमा मात्र होईन देशभरि नै सन्देश प्रवाह गर्ने भन्दै नगरप्रमुख गजेन्द्र महर्जनले बालवालिकाको सर्वोत्तम हितलाई ध्यान दिएर योजना कार्यान्वयन गर्न पनि सरोकारवालालाई अनुरोध गरेका छन् ।
“आजैबाट बालविवाहको विरुद्धमा जुटौं । बालवालिकाको सुनौलो भविष्य प्रति सजग बनौं”भन्ने मुल सन्देशका साथ निर्माण भएको उक्त भिडियो कृशुणा मिडिया प्रालिले प्राविधिक संयोजन गरेको हो । जसमा स्थानीय विद्यालयमै अध्ययन गर्ने सरिता थिङ र रविन दर्लामी मगरले अभिनय गरेका छन् ।
भिडियो गोदावरी नगरपालिकाको अफिसियल फेसबुक पेजमा राखिएको छ ।

भिडियो link

बालबिबाह विरुद्धमा गोदावरीको भिडियो |

बालबिबाह विरुद्धमा गोदावरी नगरपालिका द्धारा जनहितमा जारी ।#stopchidmarriage #godawari #godawimunicipality #Gajendramaharjan #Munaadhikari

Posted by Godawari Municipality-गाेदावरी नगरपालिका on Wednesday, August 12, 2020