प्रमिसा दाहाल
आज अन्र्तराष्ट्रिय युवा दिवस, “अन्र्तराष्ट्रिय युवा दिवस”संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९९ को अगस्ट १२ तारिख देखि मनाउन सुरु गरिए पनि नेपालमा सन् २००४ देखि मात्र अन्र्तराष्ट्रिय युवा दिवस मनाउन सुरु गरिएको हो ।
सामान्यतया युवा भन्नाले शारीरिक र मानसिक विकासका दृष्टिले बाल्यावस्था पार गरेका तर प्रौढ अवस्थामा नपुगेका समुहका ब्यक्तिहरुलाई नै युवा भन्ने गरिन्छ । तर पनि युवावस्थालाई विभिन्न मुलुकले आ–आफ्नै ढङ्गले परिभाषित गरेका छन् ।
अधिकांश देशले युवाको उमेर १५ देखि ३५ वर्ष सम्म मानेका छन् भने संयुक्त राष्ट्र संघ तथा विश्व बैंक जस्ता अन्र्तराष्ट्रिय संघसस्थाहरुले १५ देखि २४ वर्ष उमेर समूहका ब्यक्तिहरुलाई युवा मान्दछन् । यस्तै नेपालमा राष्ट्रिय युवा परिषद ऐन ,२०७२ तथा राष्ट्रिय युवा नीति :२०७२ मा १६ देखि ४० वर्षकालाई युवा मानेको पाइन्छ । जुन उमेर समुहलाई हेर्दा कुल जनसंख्याको ४०.३५ प्रतिशत युवा रहेका छन ।
प्रत्येक वर्ष १२ अगस्टका दिन विश्वभरमा युवाको पहिचान दिलाउन र उनीहरुको कायलाई सम्मान गर्नका लागि विभिन्न कार्यक्रम आयोजना गरि अन्र्तराष्ट्रिय युवा दिवस मनाएको पाईन्छ । विश्व युवा दिवसको मुख्य उद्धेश्य सामाजिक, आर्थिक तथा राजनीतिक विषयमा युवालाई जिम्मेवार बनाउनु र उनीहरुको विचारको चर्चा गर्नु हो ।
तर यस वर्ष कोरोना भाईरसको सन्त्रासका कारण विगतमा झैं ब्यापक रुपमा मनाएको देखिदैन । यसै सन्दर्भमा नेपालमा यसवर्षको युवा दिवसको नारा – ‘विश्व अभियानका लागि युवा सहभागिा ः रोजगारी प्रर्वद्धन र वातावरण संरक्षणमा युवा संम्लग्नता” भन्ने नारा सहित केहि कार्यक्रम भएको समेत देखियो । नेपालको परिप्रेक्षमा हेर्ने हो भने राष्ट्रिय युवा परिषद्ले यसवर्ष भर्चुअल रुपमा कार्यक्रम सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भिडियो सन्देश दिँदै युवाहरु हतोत्साही नहुन र समृद्धको सपना कायम राख्न सन्देश समेत प्रवाह गरेका छन् । तर राष्ट्रिय युवा परिषद्को वारेमा चर्चा गर्ने होभने नेपालमा पनि युवाको अधिकार सुनिश्चित गराउने संयन्त्र छ र ! केहि सिमित युवाहरुका लागि मात्र युवा परिषद् होकि भन्ने पनि लाग्छ । किनकी वास्तविक युवाले यसको अनुभुति नै गर्न नसकेको तितो अनुभव रहेको देखिन्छ । यसवर्षको कार्यक्रमले अवका दिनहरुमा तल्लोतहका युवासम्म पनि परिषद्को छायाँ परोस् भन्ने शुभकामना पनि छ ।
युवालाई कुनै पनि देशको चालकका रुपमा लिईन्छ । मानिसले पार गर्ने शिशु, बाल्यावस्था, किशोरावस्था, युवा, प्रौढ र वृद्ध अवस्था मध्ये युवा अवस्था शारीरिक र मानसिक रुपमा सक्षम हुने अवस्था हो । जसले कुनै पनि देशको गति परिवर्तन गर्न सक्छ ।
यसका कारण आफ्नो देशलाई आत्मनिर्भर र दरिलो बनाउन र यस वर्षको नाराले चाहे झैं युवा शतिm विकास गर्न प्रत्येक युवाहरु प्राकृतिक स्रोतको प्रयोग गरि स्वदेशी उत्पादनलाई बढाई आर्थिक वृद्धि गर्नु आवस्यक छ । युवालाई विदेश पलायन हुनबाट बचाउन राज्यले आधुनिक कृषि प्रणालीको विकास र प्रवद्र्धन, अनुदान व्यवस्था औद्योगिक विकास जस्ता पक्षलाई ख्याल गर्नु आवश्यक हुन्छ । देशको अर्थतन्त्र सुधार गर्न युवालाई उद्यमी समेत बनाउनु आवश्यक छ ।
देशको समृद्धि र दिगो विकासका केन्द्रविन्दु युवालाई वर्षेनी विदेशी भूमिमा श्रमशक्ति बेच्न धकेली रहनु भन्दा स्वदेशमै युवा स्वरोजगारका अवसरको खोजी र विकास गर्न सके नेपालले पनि आर्थिक रुपमा चाँडै फड्को मार्न सक्छ ।
Leave a Reply