द्धापर युगमा कृष्ण लिला

प्रमिसा दाहाल \ सुष्मिता अधिकारी
द्धापर युगमा पिता वासूदेव र माता देवकीका गर्भबाट आठौँ सन्तानका रुपमा जन्मिएका श्रीकृष्णको सम्झनामा प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन श्रीकृष्ण जन्माष्टमी मनाइन्छ । भगवान श्रीकृष्णको भावमा हिन्दूहरुले मनाउने यो बार्षिक पर्व हो । यस दिन हिन्दू धर्मावलम्वीहरुले पूजाआजा, भजन किर्तन गर्ने तथा कृष्ण लिला देखाउने काम गरिन्छ । देशका विभिन्न मठ मन्दिरमा यस दिन मेला लाग्ने गर्दछ । साथै ललिपुरको पाटनको कृष्ण मन्दिरमा पनि भव्य मेला लाग्ने गर्दछ । तर यस वर्षको अष्टमी विगतका वर्षहरुमा झैँ देखिएन । स्थानीय प्रशासनले पनि पाटनको कृष्ण मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै प्रशासनले रोक लगाएको जानकारी दिएको छ । यसदिन पाटनको कृष्ण मन्दिरमा राष्टपति समेत आउने प्रचलन थियो तर यसपाली भने यो परम्परा तोडिएको छ । अन्य केहि स्थानीय मठमन्दिरमा पनि भक्तजनहरुको भिड पातलिएको छ भने भौतिक दुरी कायम राख्दै पुजाआजा गरिएको छ ।

द्धापरयुगमा जन्मिएका भगवान कृष्णलाई भगवान विष्णुको आठौँ अवतारका रुपमा मानिन्छ । धर्तीमा धर्मको नास हुँदै गएपछि देवताहरुसंग सल्लाह गरि देवकीका गर्भबाट सामान्य मानवका रुपमा देवकीका गर्भबाट उनको जन्म भएको मान्यता रहेको छ । बाँसुरी बजाएर प्रकृती जगतलाई नै लठ्ठ पार्ने श्री कृष्णको जन्म कंसको संहार गर्न भएको हो भन्ने हिन्दू मान्यता रहि आएको छ ।

ज्ञानयोग, कर्मयोग र भतिmयोगका प्रणेता भगवान श्रीकृष्णको जन्म दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिन्छ । साथै कतिपय कृष्ण मन्दिरमा रातभर विशेष गरि महिलाहरु रातभर जागराम बसि कृष्ण लिलाका नाटकहरु देखाइ मध्यरातमा कृष्ण जन्मिएको सम्झना गर्दै भक्तजनहरु दहि छर्की उत्सव समेत मनाउँछन् ।

कंसले एक भविष्यवाणीबाट डराएर वासुदेव र देवकीलाई कारागारमा राखि उनले छ सन्तानको हत्या गरिसकेका थिए । सातौँ सन्तानलाई उनले गायव गरेकी थिइन, जो वलराम थिए । वासुदेवले कृष्णलाई यमुना नदी तर्दै गोकुलमा यशोदाको छोरी लिई आएका थिए ।

बालापन देखि नै विचित्र लिला देखनउने कृष्णले कंस, पुतना तथा शिशुपाल जस्ता दानवी प्रवृतीको संहार गर्दै अन्याय, अत्याचार र दानवी प्रवृतीको संहार गर्दै अन्याय, अत्याचार र राक्षसी प्रवृतिबाट मानवमात्रको संरक्षण गर्दै आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

द्धापर युगमा जन्मिएका कृष्णको यही सत्कर्मलाई अवलम्बन गर्ने उनलाई भगवानका रुपमा मानि ब्रत बस्ने हिन्दूहरुको परम्परागत चलन हो । द्धापरयुगमा महाभारतमा अर्जुनलाई श्रीमद्भागवत गीता रुपि दिब्य दृष्टि दिएका श्रीकृष्णको ज्ञान आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।