भागावनको शिरमा पानी ट्याकीं, सांसद सञ्जेलले गरे उद्घाटन

ललितपुर । भागावनको शिरमा निर्माण गरेको खानेपानी ट्याकीं वाग्मती प्रदेश सभा सांसद चेतनाथ संजेलद्धारा हिजो एक समारोहका बिच उद्घाटन भएको छ । भागावनको सिढी बाटो निर्माण उपभोक्ता समितिद्धारा निर्माण गरिएको उक्त ट्याकीं निर्माणमा खटिने सबैलाई धन्यवाद दिदैं सांसद संजेलले यस्ता योजनामा रकम विनियोजन हुनु मात्र ठुलो कुरा नभएको तर कार्यान्वयन प्रमुख उहेको बताए ।

पन्ध्र हजार लिटर पानी अट्ने उक्त खानेपानी ट्याङकी निर्माण गर्न वाग्मती प्रदेश सरकारको भौंतिक तथा पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको खानेपानी तथा डिभिजन कार्यालय नं.५ ले ९ लाख ४० हजार रकम विनियोजित गरेको प्रदेश सांसदले जानकारी दिए ।
ट्याकीं निर्माण गर्न उपभोक्ता समितिका सदस्यहरु अहोरात्र खटेर कार्य पुरा गरेको स्थानीयले बताएका छन् ।