साउन ८, नवलपुर । विश्वमा फैलिराखेको कोरोना भाईरसबाट दैनिक रुपमा काम गर्ने व्यक्तिहरुलाई पर्न जाने असरको न्युनिकरणको लागि देवचुली नगरपालिकाद्धारा सुरु गरिएको खाद्यान्न बैँकमा जागृति बाल तथा युवा सरोकार नेपाल र कन्नालन स्विजरल्याण्डले एक लाख एक हजार बराबरको खाद्यान्न सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष तिलोत्तम पौडेलद्धारा एक विज्ञप्ती जारी गर्दै यस्तो विषम परिस्थितीमा सवैले सहयोग गर्नुपर्ने र नगरपालिकाले रचनात्मक कार्य सुरु गरेको र यो संस्थाको कार्यक्षेत्र पनि त्यही भएकोले सो अभियानमा सहभागी भएको बताउनुभएको छ ।
यस्ता महामारीमा विशेषत बालबालिका, किशोरी र जेष्ठ नागरिकहरुलाई बढी असर पुग्ने र हिंसा, दृव्र्यवहारको समेत शिकार हुन सक्ने भएकोले उनीहरुलाई प्राथमिकतामा राखी सेवाहरु प्रदान गर्न र संरक्षण प्रणालीको समेत विकासको लागि आग्रह गरिएको छ ।
विपद्को बेलामा बालबालिकाहरु र अन्य व्यक्तिहरुमा मानसिक रुपमा समेत आउन सक्ने समस्याहरुको न्युनिकरणको लागि समेत संस्थाबाट स्वयमसेवकहरुको समेत परिचालन गर्न सक्ने र यसको लागि सम्बन्धित निकायहरुले समेत पहलको लागि आह्वान गरिएको छ । साथै सम्पूर्ण महानुभावहरुलाई नेपाल सरकारले आह्वान गरेको सुचनाहरुको पालनाको लागि समेत संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply