काठमाडौं– विश्व फोटो दिवस अगस्ट १९ लाइ मध्ये नजर गर्दै फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगीता’ गर्ने भएको छ । आम नेपाली नागरिकले यस प्रतियोगिमा सहभागि भै पुरस्कार र प्रमाण प्रत्र प्राप्त गर्न सक्ने संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
कोरोना भाइरस (कोभिड– १९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता दिदै आइरहेको छ भन्ने कुराको संग्रह गर्ने उद्देश्यले वर्तमानमा यसले पारेको असर र प्रभावलाई इतिहासमा भावी पुस्तालाई दस्तावेजका रुपमा प्रस्तुुत गरी कोभिड १९ फोटो प्रतियोगिता फोटो पसल प्रालिले गर्न लागेको प्रतियोगिताका संयोजक हरी पाण्डेले जानकारी दिए । प्रतियोगिताको प्रथम पुरस्कार रू २५ हजार, दोस्रो पुरस्कार रू१० हजार र तेस्रो पुरस्कार रू ५ हजार सम्मान स्वरूप प्रदान गर्ने निर्णय फोटो पसल प्रालिको छ भने साथै सम्पुर्ण सहभागीलाइ समेत आयोजक कमिटिद्धारा डिजिटल प्रमाण प्रत्रको व्यवस्था समेत गरिएको छ ।

Leave a Reply