खोलामा खसेका युवकको शव भेटियो

१४ असार, वालिङ (स्याङ्जा) । वालिङ नगरपालिका-५लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा खसेर गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाईको शव वालिङ-६ ढलेको स्वामीस्थित खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।