ट्रम्पसँग किन असन्तुष्ट छन् एप्पल, गुगल, अमेजन र टेस्ला ?

यो हप्ताको सुरुतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीहरुका लागि अमेरिकाको वर्किङ भिसा निलम्बन गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरे ।

उक्त आदेशसँगै L-1 भिसा र H-1B भिसामा रोक लागेको छ । एल वान भिसा अन्तर्गत अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुले अन्य देशका शाखामा कार्यरत कर्मचारीहरुलाई अमेरिका सरुवा गरी ल्याउन सक्दथे । त्यस्तै एच वान बी भिसाबाट अमेरिकी कम्पनीहरुले नयाँ विदेशी कामदार नै भर्ना गरेर ल्याउन पाउँथे । तर ट्रम्पको आदेशपछि अब अमेरिकी कम्पनीहरुले अमेरिका बाहिरका कम्पनीका शाखाहरुमा कार्यरत आफ्ना गैर अमेरिकी कर्मचारीहरुलाई अमेरिका सरुवा गर्न मात्र होइन नयाँ विदेशी कर्मचारी भर्ना गरेर अमेरिका ल्याउन समेत पाउने छैनन् ।