१० असार, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को यस सिजनका लागि बुधबार खेलाडीको ड्राफ्ट हुँदैछ । सहभागी टिमले आफ्नो टिममा बाँकी रहेको स्थानका लागि यही ड्राफ्टबाट खेलाडी छनोट गर्नेछन् ।
उक्त ड्राफ्टका लागि नेपालबाट एक मात्र खेलाडी सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । उनको ड्राफ्ट मूल्य ९० हजार अमेरिकी डलर रहेको छ । जुन नेपाली रकम एक करोड भन्दा बढी हुन्छ । यदि सन्दीपलाई ड्राफ्टमा कुनै टिमले लिएमा उनी एउटै लिगबाट करोडपति हुनेछन् ।
Leave a Reply