शारीरिक गतिविधिको अभावमा मृत्युदर बढ्दो–अध्ययन

अध्ययन टोलीले १ सय ६८ मुलुकको यसअघि नै प्रकाशित आँकडालाई मूल्याङ्कन गरेको थियो । आँकडा विश्लेषणबाट उनीहरूले के पाए भने, जुन व्यक्ति शारीरिक गतिविधिमा सक्रिय छन् उनीहरूमा समयभन्दा अगाडि नै मृत्यु हुने जोखिम कम थियो । शारीरिक रुपमा सक्रिय हुनेहरूमा समयअघि नै मृत्यु हुनेको संख्या औसत १५ प्रतिशत कमी थियो । यसमा महिलाको संख्या १४ प्रतिशत र पुरुषको १६ प्रतिशत थियो । यसको अर्थ शारीरिक गतिविधि वा व्यायामले प्रतिवर्ष लगभग ३ दशमलव ९ प्रतिशत अर्थात् ३९ लाख व्यक्तिको जीवन बाँच्छ ।

निष्कर्षमा के पनि देखियो भने कम आय भएका मुलुकमा यो औसत १८ प्रतिशत र उच्च आय हुने देशका लागि औसत १४  प्रतिशत थियो ।  ब्रिटेनका क्याम्ब्रिज विश्वविद्यालयको स्टडी रिसर्चर टेसा स्ट्रेनले भनेका छन्, ‘चाहे त्यो खेल होस् वा जिम या त तीव्र रुपमा हिँड्नु नै । यसले समयभन्दा अघि हुने मृत्युदर रोक्न सहयोग गर्नेछ ।’

विश्व स्वस्थ्य संगठनले सातामा कम्तीमा १५० मिनेट मध्यम–तीव्रतायुक्त एरोबिक गतिविधि गर्न सुझाव दिएको छ । वा ७५ मिनेट जोडदार–तीव्र शारीरिक गतिविधि गर्न सिफारिस गरेको छ।