आफ्नै गल्तीले भ्यालेन्सिया आइबरसँग पराजित

१२ असार, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भ्यालेन्सिया आइबरसँग १-० ले पराजित भएको छ । भ्यालेन्सियाले पहिलो हाफमा गरेको आत्मघाती गोलकै मद्दतमा आइबरले घरेलु मैदानमा ३ अंक जोड्न सफल भएको हो ।

खेलको १६औं मिनेटमा भ्यालेन्सियाका जोफ्रे कोन्डोगबियाले आत्मघाती गोल गरेका थिए । ८९औं मिनेटमा इलाक्विम मांगला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया अन्तिम समय दश खेलाडीमा थियो ।