नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नती गरिने – मन्त्री आले (भिडियो सहित)

काठमाडौं । नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नती गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषको मातहतमा सञ्चालन रहेको नेपाल वेद विद्याश्रमको ४८ औ वार्षिक उत्सवको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले विद्याश्रमलाई प्लस टु पछिको थप ४ वर्ष थपि शास्त्रीसम्म अध्ययन गर्न सक्ने महाविद्यालय बनाउन आफु लागि पर्ने बताए ।

संस्कृत भाषाको महत्व बताउदै मन्त्री आलेले वेद विद्याश्रमको बजेटमा कसैले पनि दुरुपयोग नगर्न अनुरोध गरे । कार्यक्रममा बोल्दै उनले भनें :”यदि बालवालिकाको नाममा आएको बजेट कसैले दुरुपयोग गरेको थाहा भयो भने तुरुन्त कारवाही गर्नेछु ,म आफु पनि तल माथि गर्दिन र अरुलाई पनि गर्न दिन्न । विद्यार्थीहरुको भविष्यमा खेलवाड गर्ने कसैको अधिकार छैन ।” कार्यक्रममा मन्त्री आलेले आफुले एयरपोर्टको ब्यवस्था समेतमा सुधार गरेको बताए । खाँडीमा काम गर्ने सम्मानित नेपालीहरुलाई एयरपोर्टमा विशेष ब्यवस्था गर्न समेत निर्देशन दिएको जनाए ।
नेपाल वेद विद्याश्रमबाट आयोजना गरेको कार्यक्रममा उत्कृष्ट शिक्षक तथा विभिन्न प्रतियोगितामा विजय हुने छात्रहरु लाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा लगायत परिषद् सदस्यहरु सहित कोषका कर्मचारीहरुको उपस्थिति थियो । यसअघि कोषका सदस्य सचिव डा. थापाले वेदविद्याश्रमलाई महाविद्यालय बनाउन पहल गरिने बताएका    थिए । ‘मन्त्रीज्यूले उत्साह दिनुभएको भन्दै” उनले खुसि ब्यक्त गरेका छन् ।

video link: