“भैंसी हुन्, कालो सुन” भन्दै विपन्न कृषकलाई अनुदान

काठमाडौ । बागमती प्रदेश सरकारले विपन्न कृषकलाई भैसी पालनका लागि अनुदान दिने कार्यको थालनी गरेको छ । अति विपन्न कृषक छनौट गरि विपन्न परिवारलाई ९० प्रतिशत अनुदान उपलव्ध गराउने निर्णय भएको बागमती प्रदेशका भौतिक पुर्वाधार विकास पुर्वमन्त्री रामेश्वर फुयालले बताए ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं १,२,३ र गोकर्णेश्वर नगरपालिका वडा नं १,२,३,४,६,७ र ८ क्षेत्रलाई भैँसी पकेट क्षेत्रको रुपमा विकास गर्न र जनताको जागरण अभियान चलाउन जनप्रतिनिधिहरु, राजनीतिकदल तथा स्थानीयहरुले प्रतिवद्धता व्यक्त गरे । अति विपन्न कृषक छनौट गर्न वडा समितिलाई जिम्मा दिने र विनियोजित रु ५० लाखबाट १० वडाका ३०० अति विपन्न परिवारलाई ९० प्रतिशत अनुदान उपलव्ध गराउने निर्णय भएको पूर्व मन्त्री फुयालले जनाए। “उत्पादन र रोजगारी वृध्दिका लागि अभियानले सघाउने र गरिव परिवारका जनताको दैलोमा सरकार आफैँ पुग्नेछ” उनले बताए । स्थानीयको एक जमघट कार्यक्रममा गत आ.व २०७७\०७८ मा राम्रो काम गर्ने कागेश्वरी मनोहरा वडा नं ३ को प्रगतिशील महिला समूहलाई सम्मानको घोषणा गरिएको थियो।