काठमाडौं । अध्यात्म गुरु स्वामी केशवानन्दद्धारा रचित ‘मम भाषा संस्कृतम्’ गीत सार्वजनिक भएको छ ।
लोकप्रिय गायक शिव परियारको स्वर रहेको संस्कृत गीत डिजिटल प्लेटफर्म युट्युव मार्फत सार्वजनिक भएको छ भने गीतमा संगीतकार चण्डि प्रसाद काफ्लेको सङ्गीत रहेको छ ।
गीतको भिडियोमा गायक शिव परियार लगायत विभिन्न जातजातिका परिवेशमा सजिएका युवायुवतीहरूको देखाइएको छ ।
सुर्यमणी जम्मरकट्टेलको निर्देशन रहेको गीतको भिडियो अर्जुन भुषालले छायाकंन गरेका हुन् ।
गीतको भिडियोमा पशुपतिनाथ मन्दिर परिसर देख्न सकिन्छ भने, र कालिका मन्दिर ज्योतिनगरको रमणिय दृश्य पनि समावेश गरिएको छ ।
भिडियो लिंक तल छ ः
Leave a Reply