नेकपा एमाले गोदावरी नगर कमिटीमा प्रभाकर थापा सर्वसम्मत

सुष्मिता अधिकारी

ललितपुर । नेकपा एमाले गोदावरी नगर कमिटीमा वडा नं.१३ झरुवाराशिका प्रभाकर थापा सर्वसम्मत विजयी भएका छन् ।  मंगलवार सम्पन्न गोदावरी नगर कमिटी प्रथम नगर अधिवेशन, २०७८ फूलबारी पार्टी प्यालेस झरुवारासीमा सम्पन्न भएको छ ।
उक्त कार्यव्रmममा प्रमुख अतिथी नवराज सिलवाल, अतिथी तारा सञ्जेल, शिवराज सञ्जेल, लक्ष्मण बजगाईँ, कमलाकुमारी श्रेष्ठ, चरसुन्दर महर्जन लगायत जिल्ला कमिटीका सचिवालय सदस्यहरूको सहभागीता रहेको थियो ।
कार्यव्रmममा सांसद नवराज सिलवालले गोदावरी नगरपालिकालाई अगाडी बढाउँछु भनेर चुनौतीपूर्ण कार्य गर्नका लागि आमन्त्रण गरेका छन् । गोदावरीमा अहिलेको अवस्थामा विकास निर्माणका कामहरू हुन नसकेको र स्थानीय जनताले दुःख पाएको आरोप लगाएका छन् । साथै ३३ % महिलाको सहभागिता हुनुपर्ने भनेर नतोकिकन देश विकासका लागि महिलालाई उच्च पदमा स्थापित गरेमा देशको समृद्धि तर्फ अगाडी बढ्न सकिने कुराको सिलवालले बताए ।
तीन वर्ष अघि नेकपा एमालेको पार्टी खलबलिएकाले पार्टीलाई काम गर्न नदिएको र एक भुल भुलैयाका रुपमा व्याख्या गर्नुका साथै पार्टी अगाडी बढाउन र जनताको सपना साकार बनाउन सहयोग गर्ने कुरा नेकपा एमाले गोदावरी नगर कमिटीका नव निर्वाचित अध्यक्ष प्रभाकर थापाले बताए ।