सर्वसाधारणको लाईनमा भलाकुसारी गर्दै पशुपति दर्शन गरे कार्यवाहक प्रधानमन्त्री खाँणले (भिडियो सहित)

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण सर्वसाधारणकै लाईममा बसी पशुपतिनाथको दर्शन गरेका छन् । गत शनिवार (१३ गते) बिहानै मन्त्री खाँण परिवार सहित पशुपतिनाथ मन्दिरको जुत्ता चप्पल राख्ने स्थानमा पुगेका थिए । उनी भक्तजनहरुसंग भलाकुसारी गर्दै लगभग ४५ मीनेट लाईनमा बसेका थिए । मन्दिर भित्र प्रवेश गरेपछि भट्टले पुजा गराई प्रसाद चन्दन दिएका थिए । मन्दिरको बारेमा भट्टहरुसंग मन्त्रीले निकै बेर कुराकानी गरे भने मन्दिरको सन्दर्भमा विभिन्न विषयमा उनले जानकारी समेत राखे । भक्तजनहरुसंग गफ गर्दै सुख–दुख बाड्दै अनौपचारिक रुपमा उनले मन्दिर परिसर भ्रमण गरेका छन् । हवन् कुण्ड, परेवालाई चारा हाल्ने, क्रियापुत्री भवन लगायत अन्य स्थानमा उनले निरीक्षण गरेका थिए ।
भिआईपिको सवारी हुँदा विशेष सुरक्षा र स्वागत गर्ने गरेको पशुपति क्षेत्र विकास कोषले त्यस दिन अवसरै पाएन । कार्यवाहक प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन ब्यक्ति यसरी दर्शनमा आउँने कल्पना समेत नगरेको कोषका एक कर्मचारीले बताए । पशुपतिनाथ मन्दिरको समृद्धि र विकास बारे चिन्तन गरेकोमा उहाँको श्रद्धा भावले हामी गौरवान्वित बनाएको भन्दै कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले कृतज्ञता ब्यक्त गरे । श्रीपशुपतिनाथको श्रीबृद्धिका लागि सरकार र आफु हर हमेशा तयार रहेको र जनतामा शान्ति सुरक्षा कायम राख्न पशुपतिनाथले आशिर्वाद प्रदान गरुन् भन्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री खाँणले सम्पूर्ण नेपालीलाई शुभकामना दिए ।

video link: