ललितपुर । किवानिज् क्लव ललितपुरद्धारा गोदावरी नगरपालिका वडा नं. १० टाहाखेलका बालवालिकालाई स्टेशनरी वितरण गरिएको छ । शनिवार तारकेश्वर महादेवको मन्दिर प्रागंणमा बालवालिकालाई भेला गरि उक्त सामग्री वितरण गरिएको हो । किवानिज् क्लव ललितपुरको नेतृत्व गरिरहेका सीताराम बिष्टले आगामी दिनमा गोदावरी नगर भित्रका गरिव परिवारका बालवालिकाहरुलाई निशुल्क शिक्षा, पालन पोषणमा समेत सहयोग गर्ने योजना रहेको जनाए । थोरै स्टेशनरी सामग्री वितरणले पनि बालवालिकामा उत्साह भरिएको क्लवका सदस्य सुकदेव चालिसेले बताए ।
किवानिज् क्लव सन् १९१५ मा स्थापित संस्था हो । यो संस्थाको सञ्जाल हाल ८६ वटा राष्टमा फैलिएको छ । विश्वमा यसले वार्षिक १ लाख ५० हजार भन्दा बढि परियोजना सञ्चालन गरेको तथ्यांक छ । बालवालिकाहरुको स्वास्थ्य, शिक्षा सुधार र भोकसंग सम्वन्धित सेवामा गरिव र आर्थिक रुपमा पछाडि परेका समुदायका बालवालिकामा परियोजना लक्षित हुने गरेको छ । नेपालमा सन् २०१५ देखि कार्य थालनी गरेको यस संस्थाको केन्द्रिय कार्यालय काठमाडौंको ठमेलमा रहेको छ । यस क्लव अन्तर्गतको काठमाडौं क्लवले करिव २०० जना भन्दा बढि बालवालिकालाई शिक्षा, पालन पोषणमा सेवा गर्दै आएको छ भने ललितपुरमा भर्खर शुरुवात भएको सदस्य सीताराम बिष्टले जनाए । ‘Kiwanis Children Fund” नामक कोषले बालवालिकाको जीवन सुधारमा सेवा गर्ने गरेको छ । यसका लागि प्रत्येक सदस्यले वार्षिक रुपमा वा आवश्यकता अनुसार अर्थ संकलन गर्ने गर्दछन् ।
ललितपुरमा पनि सक्रिय बन्दै किवानिज् क्लव,टाहाखेलमा बालवालिकालाई स्टेशनरी वितरण

Leave a Reply