काठमाडौं । श्रीपशुपतिनाथ परिसरलाई स्वच्छ र सफा बनाउने उदेश्यले शुरु भएको स्वच्छ पशुपति अभियानको पाचौं हप्तामा पूर्व मुख्यसचिव लिलामणि पौडेल सहित धेरै बागमती सरसफाई अभियन्ताहरु जोडिनु भएको छ । डा.राजु अधिकारी, चक्रबहादुर चन्द, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, अधिकार सम्पन्न बागमती आयोजना, अध्यक्ष उद्धवप्रसाद तिम्सिना लगायत अन्य कलाकार तथा सरसफाई अभियन्ताहरुको उपस्थिति थियो । श्रीपशुपतिनाथ परिसरलाई सफा र स्वच्छ राख्न हरेक शनिवार बिहान ८ वजेदेखि पशुपति सरसरसफाई कार्यक्रम सञ्चालन हुदै आएको छ । पाशुपत क्षेत्रलाई सफा राख्न सांकेतिक रुपमा सरसफाई हुने गरेको स्वच्छ पशुपति अभियानका संयोेजक डा.श्याम खड्काले बताउनुभयो ।
पूर्व मुख्यसचिव लिलामणि पौडेलले पशुपति स्वच्छ अभियानको निरन्तरताका लागि शुभकामना दिनुभयो । मन र भावनाले मात्र यस्तो कार्य गर्न सकिने हुँदा सम्पूर्ण अभियन्ताहरुलाई उहाँले धन्यवाद दिनुभयो । अधिकार सम्पन्न बागमती आयोजनाका अध्यक्ष उद्धवप्रसाद तिम्सिनाले बागमती सफा भएमात्र पशुपतिनाथको शोभा बढ्ने हुँदा बागमतीलाई ढल मुक्त गर्र्नुपर्ने र यसका लागि निति नियम बन्दै गरेको पनि बताउनुभयो । सरसफाई अभियन्ता डा.राजु अधिकारी र चक्रबहादुर चन्दले पनि स्वच्छ पशुपति अभियानको अभियन्ता भई हरेक हप्ता सहभागी हुने प्रतिवद्धता जनाउनुभयो । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले कलाकारहरु पनि निरन्तर यस अभियानमा साथ रहेको बताउनुभयो । हाम्रो आस्था सम्पदा र संस्कृति, सभ्य नागरिक, स्वच्छ पशुपति नारा दिएको पशुपति स्वच्छ अभियानमा पशुपति क्षेत्र विकास कोषले समन्वय र सहयोग गरिहेको छ । पशुपतिनाथलाई सफा र स्वच्छ राख्न कोषको तर्फबाट योेजना र नयाँ तरिकाबाट कार्य भईरहेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जनाउनुभयो ।
Leave a Reply