हर्ष,उल्लासको महान चाडले आँगनीमा सुनौलो बिहानी छायो
महामारीको संन्त्रासलाई भुल्दै दशैले थोरै खुशीयाली ल्यायो ।
गाउँ नै सुन्दर हुँदै छ लिपपोत गरी घर रग्याँउदैछन्
बर पिपलको चौतारीमा रोटे पिङ, लिङ्गे पिङ बनाउदैछन् ।
सुनझै धानका बाला पहेंलिएर खेतका गरामा लहलह झुल्दैछ
सयपत्री, मखमली,गोदावरी बारीका डिलमा रङ्गिन भै फुल्दैछ ।
भाइरसको संत्रासले छोडेको छैन फैलिएको छ
चारैतिर देश विदेश छरिएर रहेपनि
फर्की आए आफ्नै घरैतिर केटाकेटी
रङ्गीचङ्गी नयाँ कपडामा सजिएका हाँसीखुशी
एक छाक मिठो खान नहोस् है कोही पनि बेखुशी
मान्यजनको आशीर्बाद लिई लगाउँ मिली जमरा र टिका
सचेत,सुरक्षित भई खुसि साथ मनाउनु नमान्नु है फिक्का
-रबिना नराल, नमोबुद्ध नगरपालिका
video :
Leave a Reply