ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित वेथेगल टोल विकास समितिको आयोजनामा विजया दशमी,शुभ दीपावली,नेपाल सम्वत (११४२) र छठ पर्व(२०७८) को पावन अवसरमा नेपाल सरकारका उर्जा,जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा आज शनिबार शुभकामना आदानप्रदान तथा चियापान समारोह सम्पन्न भएको छ । वेथेगल टोल विकास समितिकी अध्यक्ष निर्मला क्षेत्रीको सभाध्यक्षतामा वाग्मती प्रदेश सभा सांसद राजकाजी महर्जन,गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनको विशेष आतिथ्यमा वडाध्यक्ष जगतबहादुर महर्जन,वाग्मती गाउँपालिका वडा नं.३ का वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिना,महानगरीय प्रहरी वृत्त,चापागाउँका ईन्सपेक्टर भोजराज पाण्डे,ठेचोका वडा सदस्यहरु क्रमशः शोभा कार्की,रवीन्द्र महर्जन,बेखाराम महर्जन,राममाया नेपाली,ज्येष्ठ नागरिक चौतारी अध्यक्ष बालकृष्ण थापामगर,श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उपाध्यक्ष लक्ष्मी थापामगर,वेथेगल टोल विकास समिति सल्लाहकार बाबुकाजी बस्नेत लगायतका महानुभावहरुको आतिथ्यता रहेको थियो ।
समितिका उपाध्यक्ष टेकरनाथ तिमल्सिनाले कार्यक्रममा स्वागत मन्तव्य ब्यक्त गरेका थिए । सञ्चारकर्मी नवराज संजेलले संचालन गरेको कार्यक्रममा वाग्मती प्रदेश सभा सांसद राजकाजी महर्जन,गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन,वडाध्यक्ष जगतबहादुर महर्जनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि,विशेष अतिथि,अतिथि र पत्रकारहरुलाई विजया दशमी,शुभ दीपावलीको शुभकामना प्रदान गर्दै,वेथेगल टोल विकास समितिकी अध्यक्ष एवं सामाजिक अभियन्ता निर्मला क्षेत्रीले मायाको चिनो प्रदान गरेकी थिईन् । watch video:
Leave a Reply