काठमाडौं । गुणाज्ञ नेपालद्धारा आयोजित रक्तदान कार्यक्रममा ५० भन्दा बढि दाताले रक्तदान गरेका छन् । काठमाडौं महानगरपालिका वडा नंं ८ स्थित रहेको पिंगला युवा क्लवको समन्वयमा शनिवार भएको रक्तदान कार्यक्रममा स्थानीय देखि बटुवा समेतले रक्तदान गरेका हुन् । गुणाज्ञ नेपाल युवाहरुको एक सामाजिक संस्था हो । विभिन्न रुपमा सामाजिक कार्यमा सक्रिय रहदै आएको गुणाज्ञ नेपालले कोभिड १९ को महामारी पछि गरेको यो पहिलो रक्तदान कार्यक्रम हो । आगामी दिनमा पनि यस्तै अन्य प्रकारको सामाजिक कार्य गर्ने र युवाहरुलाई सक्रिय गराउन आफ्नो संस्थाको योजना रहेको संस्थाका अध्यक्ष प्रभाव सिंहले बताए ।
गुणाज्ञ नेपालको कार्यक्रममा ५० जना भन्दा बढिले गरे रक्तदान

Leave a Reply