काठमाडौं । माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईराला पशुपति स्वच्छ अभियानमा सहभागी भएकी छिन् । हरेक शनिवार बिहान ८ वजे देखि ९ वजेसम्म सञ्चालन हुने सरसफाई कार्यक्रमको तेस्रो हप्ता विशेष सहभागी हुन उनी शनिवार बिहानै पशुपति मन्दिर पुगेकी थिईन् । कार्यक्रममा उनले सबैलाई सरसफाईको सवालमा सभ्य रहन आग्रह गरिन् । सरसफाई अभियान सांकेतिक रहे पनि हरेक नागरिकले सरसफाईमा ध्यान नदिए सम्म अभियानले सफलता नपाउने उनले जिकिर गरिन् । पशुपति स्वच्छ अभियान,२०७८ को नाम दिएको अभियानमा ‘हाम्रो आस्था, सम्पदा र संस्कृति, सभ्य नागरिक, स्वच्छ पशुपति ” को नारा दिईएको छ । शनिवार भएको उक्त सरसफाई कार्यक्रममा होटल एशोसियसन अफ नेपालको तर्फबाट ५० जना भन्दा बढि उपस्थित रहे, भने २०० भन्दा बढि सरसफाई अभियन्ताको सहभागी थियो । होटल एशोसियसन अफ नेपालको तर्फबाट आगामी केहि महिनासम्म दिनहुँ सफा गरिने योजना रहेको पनि एशोसियसनका प्रतिनिधि टेकबहादुर महतले जानकारी दिए ।
पशुपति स्वच्छ अभियानका संयोजक डा.श्याम खड्का हुन् । उनले उपस्थित सबैलाई स्वागत गरेका थिए भने अभियान सञ्चालन गरेकोमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले सबै अभियन्तालाई धन्यवाद दिएका छन् ।
सरसफाई कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठ पनि अभियन्ताको रुपमा निरन्तर उपस्थित भईरहेका छन् भने स्थानीय युवा क्लव तथा अभियन्ताहरुको उल्लेख्य सहभागिता रहने गरेको छ ।
पशुपति स्वच्छ अभियान अन्तर्गतको सरसफाई कार्यक्रम हरेक शनिवार बिहान ८ वजे देखि ९ वजेसम्म सञ्चालन हुदै आईरहेको छ ।
(भिडियो)
Leave a Reply