कन्सोर्टियम नेपालद्धारा ‘कोभिड हिरोज्” अर्जुन शाह सम्मानित

काठमाडौँ । अर्जुन शाह र गंगा गौतम अवार्डका साथ नगद पुरस्कार सहित सम्मानित भएका छन् । कन्सोर्टियम नेपालको केन्द्रीय कार्यालय शंखमुलममा कोभिड हिरो भएका शाह र गंगा गौतम लाई कन्सोर्टियम नेपालका कार्यक्रम व्यवस्थापक गौरव केसीले ३५०० नगर पुरस्कार सहित हस्तान्तरण गरेका हुन् ।

१६ वर्षीय अर्जुन शाह कोभिड हिरोज्’ बाट सम्मानित भएका छन् । कोरोना महामारीमा कोभिड नियन्त्रण तथा व्यवस्थापनमा बालबालिकाहरुको तर्फबाट महत्त्वपूर्ण योगदान गरेको भन्दै कन्सोर्टियम नेपालले कोभिड हिरोजबाट उनलाई सम्मान गरको हो ।
शाहले कोरोना महामारीमा नागरिक र बालबालिकाहरूलाई कोभिड संक्रमणबाट बच्न र रोकथाम नियन्त्रण गर्न रक्तदान कार्यक्रम, कोभिड विरुद्धको खोप कार्यक्रममा स्वयम सेवक बने, कोभिडमा न्युज रिपोर्टिङ र धार्मिक कार्यक्रममा मास्क तथा हात धुने स्टल कार्यक्रम सञ्चालन गरेका थिए । उनले बालअधिकार सुनिश्चितताका लागि खोप कार्यक्रममा स्वयम सेविकालाई लेख्ने र भौतिक रूपले सहकार्य गरेका थिए
बालबालिका सम्बन्धि दश वर्षे राष्ट्रिय रणनीतिक कार्य योजना तथा नीति निर्माण का राष्ट्रिय भेलामा सहभागी भई प्रधानमन्त्री निवास बालुवाटारमा महीला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका निवर्तमान मन्त्री जुली महतो लाई हस्तान्तरण गरेका थिए र प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रदेश वालवालिका सम्बन्धी कार्यविधि २०७८ प्रारम्भीक मस्यौदा माथि छलफल कार्यक्रममा प्रदेश कै प्रतिनिधित्व गर्दै बालबालिकाको सवाल राखेका थिए
काठमाडौँका विश्व निकेतन उच्च माध्यमिक विद्यालयमा कक्षा शाह जिल्ला बाल क्लव समन्वय सञ्जाल पर्सा का अध्यक्ष, गाउँ बाल सञ्जालका सखुवा प्रसौनीका अध्यक्ष हुन्