फुटुङ मावि लाई पुस्तकालय सामाग्री सहयोग

काठमाडौं । श्रीफुटुङ मा. वि लाई पुस्तकालयका लागि आवश्यक सामाग्री सहयोग भएको छ । गुड नेर्वस इन्टरनेशनल नेपालको प्रविधिक सहयोग, गुड नेर्वस जापानको आर्थिक सहयोग र लेले सामुदायिक विकास केन्द्रको समन्वयमा उक्त सामाग्रीहरु शुक्रवार एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण भएको हो । विभिन्न प्रकारका १०२१ थान पुस्तक, १६ थान कुर्सी र १ थान ठुलो टेवल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी कृष्ण रावललाई गुड नेर्वस इन्टरनेशनल नेपालका शिक्षा विभाग प्रमुख श्री धर्मेन्द्र कर्णले हस्तान्तरण गरेका थिए । पुस्तकालयको पुस्तक तथा फर्निचर खरिद गर्दा भएको खर्च विवरण विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अविभावक, शिक्षक, विद्यार्थी र सहयोगी संस्थाको प्रतिनिधिको उपस्थितीमा सार्वजनिक लेखा परीक्षण समेत भएको थियो ।