भु-माफियाको चक्करले टिकाभैरव -चापागाउँ राजकुलोको अस्तित्व संकटमा (भिडियो)

ललितपुर । टिकाभैरव चापागाउँ राजकुलोको अस्तित्व संकटमा परेको छ । गोदावरी नगरपालिका वडा नं. १०मा अब्यवस्थित जग्गा खण्डिकरणले राजकुलो नै पुरिन थालेको हो । प्लटिंगले पर्खाल लगाउँदा पनि राजकुलोको मापदण्ड छोडेको छैन । हरियाली नष्ट हुने गरि गरिएको जथाभावी प्लटिगं हुँदा पनि जनप्रतिनिधिहरु मौन छन् । प्लटिंग अनुगमन गर्ने निकाय समेत मौन रहँदा भुमाफियाहरु हौसिएका देखिन्छन् । यसरी गरिएको प्लटिंगमा सडक पु¥याउन जनप्रतिनिधिहरु नै लागेका थिए । प्लटिंगसम्म पुग्ने ढलान सडक बनाउन सरकारी बजेट नै प्रयोग भएको छ । जनताको प्राथमिकतामा नपरेको सडकलाई जनप्रतिनिधिहरु प्रभावमा परि भुमाफियाको चक्करमा परेको स्थानीय बताउँछन् । राजकुलोलाई खेति गर्ने किसानहरुले खेतिको प्राणको रुपमा लिने गर्दछन् । तर विगत केहि समय यता राजकुलोको अस्तित्व मेटिदै गएको देखिन्छ । गोदावरी नगरपालिकामा अब्यवस्थित जग्गा खण्डिकरण प्रशस्त भेटिन्छन् भने नगरपालिकाले कारवाही गर्ने भन्दा पनि प्लटिंग गर्नेहरु कै बचाउ गरेको देखिन्छ । प्लटिंग गर्न जथाभावी अनुमति दिए पनि अनुगमन भने शुन्य छ । जनप्रतिनिधिहरुलाई प्रकृति र सम्पदाको माया लाग्दैन र ?  लाग्छ भने, सरकारको आँखा पुगोस् ।

हेर्नुहोस् भिडियोः