स्वच्छ पशुपति अभियान सरसफाईबाट शुरु (भिडियो)

काठमाडौं । स्वच्छ पशुपति अभियान २०७८ शुरु भएको छ । अभियानको पहिलो दिन शनिवार बिहान पशुपति क्षेत्रको हंश मण्डपदेखि सरसफाई गर्दै अभियानको शुरुवात भएको हो । डा.श्याम खड्काको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ भने धेरै चर्चित कलाकारहरु समेत सरसफाईमा सहभागी भएका थिए । सरसफाई कार्यक्रममा बागमती सरसफाई अभियन्ता डा. माला खरेल लगायत धेरै अभियन्ताहरुको उल्लेख्य उपस्थिति थियो । पशुपति मन्दिरको सरसफाईमा गर्न सबै भक्तलाई सहभागी हुन अनुरोध गर्दै आगामी दिनमा बृक्षारोपण जस्ता हरियाली प्रवद्र्धन गर्ने योजना रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जनाए ।

पुशपतिमा सफा गर्न पाउनु ठुलो भाग्य रहेको भन्दै वरिष्ठ अभिनेता शिव श्रेष्ठले खुसि ब्यक्त गरे । उनले सम्पूर्ण नेपालीहरुले सम्पदा जोगाउने अभियानमा साथ दिन समेत अनुरोध गरे।
सरसफाई कार्यक्रम आगामी शनिवार पनि बिहान ७ः३० वजेदेखि शुरु हुने कार्यक्रममा संयोजक डा.श्याम खड्काले जानकारी दिए ।
हेर्नुहोस् भिडियोः