काठमाडौं । पशुपति क्षेत्र विकास कोषद्धारा सञ्चालित नेपाल वेदविद्याश्रमलाई विश्वविद्यालय बनाउन पहल गरिने भएको छ । विद्याश्रमलाई वेदको ज्ञान प्रचार गर्ने र वैदिक अनुसन्धान केन्द्रको रुपमा समेत स्तरोन्ती गरिने जनाईएको छ ।
नेपाल वेद विद्याश्रमले आज (मंगलवार) बिहान कोषका नव नियुक्त सदस्य सचिव डा.मिलनकुमार थापालाई स्वागत कार्यक्रम राखेको थियो । कार्यक्रममा कोषका उप निर्देशक सिताराम रिसालले बिगत वर्ष देखि नै वेदविद्याश्रमका शिक्षक कर्मचारीहरु करारमा रहेको हुँदा शिक्षक कर्मचारीहरुलाई स्थायीत्व दिन नसकेको समस्या पोखे । विद्याश्रमका प्रद्यानाध्यापक विष्णु पोखरेलले हाल सदस्य सचिव रहेका डा.थापा कोषाध्यक्ष रहँदा देखि नै विद्याश्रमको बिकासमा अग्रणी भुमिका खेलेको बताए । विद्याश्रमलाई +२ सम्म स्तर उन्नति गराउन डा. थापाले विशेष पहल कदमी गरेको उनले जनाए । हाल पशुपति कोषमा तन्त्र,मन्त्र र यन्त्रको संगम बनेको भन्दै प्रद्यानाध्यापक पोखरेलले धर्म बुझ्ने र तन्त्रको विज्ञ सदस्य सचिव भएकोमा खुसि ब्यक्त गरे ।
कार्यक्रममा सदस्य सचिव डा.थापाले तपोभुमिलाई विश्वमा प्रचार गरि वेद विद्याश्रमलाई वेदको ज्ञान बाड्ने र प्रचार गर्ने माध्यम बनाउन आग्रह गरे । उनले अब पशुपति क्षेत्रमा रहेका प्रत्येक शिव मन्दिरमा बटुकहरुद्वारा नित्य पुजा गर्न
ब्यवस्था मिलाउने बताए । पशुपति वरिपरिका मन्दिरमा पुजा नहुनु समग्र हिन्दुहरुका लागि दःुखको कुरा हो, अब प्रत्येक शिव मन्दिरमा पुजा हुनुपर्छ, उनले भनें । वेदविद्याश्रममा यज्ञशाला नभएकोमा आफु चिन्तित रहेको र अब तत्काल नित्य हवन् गर्ने यज्ञशाला निर्माण गर्नका लागि कार्यायोजना बनाउन पनि निर्देशन दिए । डा.थापाले वेदविद्याश्रमलाई नुमना बनाउन आफ्नो कार्यायोजना समेत प्रस्तुत गरेका छन् । भने कार्यक्रममा विद्यालयको आन्तरिक ब्यवस्था सुधार गर्न सुझाव पत्र समेत हस्तान्तरण गरेका थिए ।
पशुपति क्षेत्रमा रहेको वेदविद्याश्रमलाई विश्वविद्यालय बनाउन पहल गरिने

कोषको प्रधान कार्यालय मा आकर्षक छत समेत राखि संरक्षण गरिएको आकर्षक देवाधि देव महादेव मा नित्य पूजा आरतीको ब्यबस्था यहि मिति 2078.6. 1 गते देखि सुरु गरौं र कोषमा कार्यरत कर्मचारी पदाधिकारी सदस्य लगायत सबैले विराजित महादेव को दर्शन गरिमात्र कार्यकक्षमा प्रवेश गरि कार्यारम्भ गर्न सके कसो होला डा. साहेब ?।