कृशुणा मिडिया सम्वाददाता
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं.४ कमलपोखरी स्थित जगदिश्वर मन्दिरमा हनुमानलाई ओढाएको तामाको छाता चोरी भएको छ । केहि दिन अघि मात्र विधि विधान पूर्वक उक्त छाता राखिएको थियो । गएराति उक्त छाता चोरी भएको स्थानीयले बताएका छन् । उक्त चोरी भएको विषय प्रहरीलाई जानकारी भएको तर यो समाचार तयार पार्दा सम्म कसैले लिखित उजुरी नदिएको महानगरीय प्रहरी प्रभाग,ईमाडोलले जानकारी दिएको छ ।
Leave a Reply