नर्भिकमा उपचारत अभिनेत्री निशा घिमिरेको निधन

काठमाडौं । नर्भिक हस्पिटलमा उपचारत अभिनेत्री निशा घिमिरेको  निधन भएको छ । घिमिरे लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत् थिइन्।
अशक्त रुपमा घरमै थन्किएकी घिमिरेलाई नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निशुल्क रुपमा उपचार गरेको थियो।
कुनै समय अघि मिडियामा चर्चित बनेकी घिमीरे दुर्घटनामा परेकी थिईन् । जसको कारण उनी गम्भीर घाईते भएकी थिईन् । परिवारले उपचार गर्दा गदै नसकेपछि सामाजिक अभियन्ताको प्रयासमा उनले नर्भिक अस्पतालमा उपचार पाएकी थिईन् । अस्पतालको सिसियुमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।