बन्ने भयो लेले -चन्दनपुर सडक, मध्यमार्ग पनि यसै वर्ष प्रारम्भ (भिडियो सहित)

ललितपुर । लेले- चन्दनपुर सडक कालोपत्रे सहित विस्तार हुने भएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले करिव १९ किलोमिटर सडकको DPR भईसकेको र आगामी दशैसम्म सडकका लागि बोलपत्र खुलाईसक्ने समेत जनाए । ललितपुरका प्रदेश सांसद द्धय लालकुमारी पुन र चेतनाथ सञ्जेलले पटक पटक आफुलाई अनुरोध गरेका कारण सोको भ्रमण समेत गरेका मन्त्री फुयाँलले उक्त सडक बन्नेमा ढुक्क रहन आग्रह गरे । दक्षिण ललितपुर भौगोलिक दृष्टिले बिकट छ । तर कृषि र पर्यटनका लागि उक्त क्षेत्र अब्बल मानिन्छ । युरोपसम्म निर्यात हुने कफि पनि सोही सडक हुँदै ढुवानी हुने गर्दछ । उक्त कृषि र पर्यटनको सम्भावना देखेर लेले -चन्दनपुर सडक निमार्ण गर्न आफु प्रतिवद्ध रहेको मन्त्री फुयाँलले बताए । प्रदेश सांसद चेतनाथ सञ्जेलले दक्षिणी ललितपुरको क्षेत्र बिकासका लागि आफुले ज्यादै पहल गरेको सडकमा मन्त्रीको सकारात्मक प्रतिवद्धताले जनतामा खुसि तुल्याएको बताए ।

बुधवार महाकांल गाउँपालिकाको भवन शिलान्यास गर्न पुगेका मन्त्री फुयाँलले कार्यक्रममा बोल्दै बिकासलाई साझा अभियानको रुपमा लिन आग्रह गरे । कार्यक्रममा प्रतिनिधि सभा सांसद नवराज सिलवाल पनि उपस्थित थिए । सांसद सिलवालले दक्षिण ललितपुर उपत्यकाको कर्णाली रहेको हुँदा धेरै विकासको खाँचो रहेको र आफ्नो तर्फबाट कार्य अघि बढाएपनि भौगोलिक कारण आर्थिक अभाव रहेका कारण प्रदेश सरकारलाई पनि समन्वय र सहयोग गर्न आग्रह गरेका थिए । मन्त्री फुयाँलले उपत्यका भित्रको कर्णालीको सुन्दरता र हरियालीले कोही पनि आर्थिक विपन्नता नहुने भन्दै यसलाई विकास गर्न टुंगुन करिडोर पनि आफुले याद गरेको र यसै आर्थिक वर्ष भित्रै दक्षिण ललितपुरको मध्यमार्ग सडक पनि प्रारम्भ गर्ने  प्रतिवद्धता ब्यक्त गरे । मन्त्री फुयाँलको भनाई तलको लिंकमा क्लिक गरि भिडियो हेर्नुहोस् ।