ललितपुर । विभिन्न समयमा चार पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री शेरबहादुर देउवा असफल भएको र हाल पांचौ पटक हुँदा पनि आफुले आशा नराखेको प्रतिनिधि सभा सांसद नवराज सिलवाले बताएका छन् । बुधवार महांकाल गाउँपालिकाको भवन शिलान्यासको कार्यक्रममा बोल्दै सांसद सिलवालले हाल गठवन्धन सरकारमा माओवादी केन्द्र पनि रहेकाले नेकपाको सरकारमा रहँदा माओवादी केन्द्रले केहि सिकेको हुनाले केहि आशा भने रहेको बताए । नेपाली कांग्रेसले माओवादी केन्द्र संग गठवन्धन गरेका कारण आगामी चुनावमा अघाडि आउने भ्रममा नपर्न पनि चुनौति दिए । गठबन्धन दिगो नहुने भन्दै उनले भनेंः “भोलि फेरी माओवादी केन्द्र हामीसंगै आउँछ, चुनाव हामीसंगै लड्छौ”
पछिल्लो पटकमा ललितपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका सांसदले सिन्को नभाँचेको आरोप समेत लगाए । अर्थमन्त्री बनेपनि संविधान बनाउने समय रहेका कारण उहाँलाई चाहना भएपनि विकासका कार्य गर्न नसकेको भन्दै उनले उक्त क्षेत्रका पछिल्ला प्रतिनिधिसभा सांसद उदय शम्सेर राणाले योजना बनाए पनि ध्यान दिन नसकेको बताए । बाँकी भनाई भिडियोमा हेर्नुहोस् । click the video link:
Leave a Reply