काठमाडौं । निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास भइरहेको भन्ने समाचारको विवेकशील साझा पार्टीले विरोध गरेको छ । पार्टीले चिकित्सा शिक्षा ऐन २०७५, लाई कुल्चिँदै नियम मिच्ने खेल भएको भन्दै विज्ञप्ति निकालेको छ ।
स्वायत्त हुनुपर्ने चिकित्सा शिक्षा आयोगमाथि ठाडो हस्तक्षेप गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आयोग पदाधिकारीहरूलाई अवैध काम गर्न निरन्तर दबाब दिएको र त्यसका कारण आयोग नै धराशायी हुने अवस्थामा पुगेको भन्ने समाचारहरूले हामीलाई स्तब्ध बनाएको छ।” विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीको यो सम्भावित कदम निकै गम्भीर रहेको रव्यक्ति विशेषका लागि मुलुकको कानुन कुल्चँदै र नियामक निकायहरूलाई धराशायी बनाउँदै जाने शृङ्खलाले कसैगरी थप निरन्तरता पाउनु हुँदैन। “विज्ञप्तिमा भनिएको छ ।”
चिकित्सा शिक्षा आयोगको बैठकमा उठ्ने सबै विषयमा विधि र प्रक्रियासम्मत तरिकाले मात्रै निर्णय गरियोस् भनी विवेकशील साझा पार्टीले प्रधानमन्त्री लगायत सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराएको छ ।
Leave a Reply