काठमाडौं । रोग सँगसँगै भोक बाट पनि बाँच्नुपर्छु भन्दै “मानवका लागि मानव अभियान” खाना बाड्दै बस्ति बस्ति मा पुगेको छ ।कोरोना भाईरस कोभिड १९ को महामारीका कारण दैनिक ज्यालादारी र ज्यामी काम गर्नेहरु भोकै छन। अस्पतालमा विरामी कुरुवाले खाना पाएका छैनन,।
मानव सेवाका निमित्त सुरक्षाको जोखिम राख्दै केहि युवाहरुको समुह काठमाडौंको विभिन्न स्थानहरुमा खाना बोक्दै पुग्ने गरेको छ । राष्ट्र र नागरिकका हरेक दुखमा अभियन्ताहरु पुग्नुपर्छ भन्दै सामाजिक अभियन्ता मन्दिरा शर्मा पौडेलले सहयोगीहरुलाई धन्यवाद दिईन् ।
विशेष गरि भारतको यूपी बाट आई बिभिन्न काम गर्दै आएका ब्यक्ति हरू को ठुलो समुह काठमाडौं को जडीबुटी नजिकै बसोबास गर्दै आएका छन, ऊनिहरू को बस्तिमा खाधान्न को चरम अभाव भयपछि “मानव को लागी मानव अभियान” उनीहरूको पेट भर्न समेत अभियान निरन्तर पुग्ने गरेको छ। #krishunamedia
Leave a Reply