ललितपुर । गोदावरी नगरपालिकाले वडा नं. १३ स्थित भलि पुचः पार्टी प्यालेसमा कोभिड बिरामीका लागि अक्सिजन सहितको आइसोलेसन कक्ष आजदेखि सञ्चालनमा ल्याएको छ । सो आइसोलेसन कक्ष सञ्चालनका लागि कोभिड बिरामी ओसारपसार गर्न छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको छ । युवा सशक्तीकरण तथा क्षेत्रीय सहकारी सञ्जाल गोदावरीद्वारा सञ्चालनमा रहेको एम्बुलेन्स कोभिड बिरामी ओसारपसार गर्नका लागि नगरप्रमुख श्री गजेन्द्र महर्जनलाई सञ्जालका प्रतिनिधिले हस्तान्तरण गरेका छन् । कोभिड बिरामीको चाप बढ्दै गएकाले आवश्यक पर्ने भन्दै उक्त आइसोलेशन सञ्चालन गरेको नगरप्रमुख महर्जनले बताए । उक्त स्थानको भिडियो रिपोर्टको लिंक तल छ ।
गोदावरी नगरपालिकाद्धारा पार्टी प्यालेसमा अक्सिजन सहितको आइसोलेसन सञ्चालन

Leave a Reply