बज्रवाराही चापागाँउ अस्पतालमा आधुनिक बेड सहित हाई डिपेन्डेन्सी युनिट सञ्चालनमा (भिडियो सहित)

ललितपुर । बज्रवाराही चापागाँउ अस्पतालले २० शैयाको आधुनिक बेड सहित हाई डिपेन्डेन्सी युनिट (HDU ) सञ्चालनमा ल्याएको छ ।  गोदावरी नगरपालिकाको अग्रसरतामा  निर्मीत उक्त यूनिट हिजो बुधवार नगरप्रमुख गजेन्द्र महर्जनले उद्धघाटन गरेका हुन् । आधुनिक शैलिमा निर्माण भएको उक्त बेड रिमोट कन्ट्रोलले अटोमेटिक चलाउन सकिनेछ । जसले गर्दा कोभिडका बिरामीका लागि विशेष सहज बनाउने डा.राजिब श्रेष्ठले बताए ।
अक्सिजनको उचित प्रवन्ध सहित बिरामीको मुटुको धड्कन,अक्सिजनको मात्रा लगायत अन्य शारिरीक स्थिति बारे जान्न मोनिटरको समेत ब्यवस्था छ । स्वास्थ्य सेवामा सबै नगरवासीलाई सुविधा दिन सक्ने गरि युनिट शुरु गरेको नगरप्रमुख महर्जनले बताए । उनले बज्रवाराही चापागाँउ अस्पतालमा सुत्केरी शल्यक्रिया, डेन्टल सेवा लगायत थुप्रै सुविधा रहेको बताउँदै नगरवासीलाई उपयोग गर्न समेत अनुरोध गरे । हाई डिपेन्डेन्सी युनिटको उद्धघाटन सहित अस्पतालको भिडियो हेर्न र हाई डिपेन्डेन्सी युनिट बारे जान्न तलको लिंक क्लिक गर्नुहोस् ।