ललितपुर । गोदावरी नगरपालिकामा नेपाल स्काउटको संयोजकको जिम्मेवारी पत्रकार दिपक अर्यालले पाएका छन । गत बैसाख ९ गते नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको बैठकले उनलाई गोदावरी नगरपालिकाको संयोजकको जिम्मेवारी प्रदान गरेको हो । यस्तै ललितपुर महानगरपालिको संयोजकमा गोपाल मर्हजन, महालक्ष्मी नगरपालिकामा मुना खनाल बागमती गाउँपालिकामा बाबुलाल घलान, कोन्ज्योसोम गाउँपालिकामा मिलन तामाङ र महांकाल गाउँपालिकामा कल्याण महतले संयोजकको जिम्मेवारी पाएका छन ।
बिगत ९ बर्षदेखी नेपाल स्काउटको आवधिक निर्वाचन नभएको अवस्थामा स्काउटिङ गतिबिधिहरु संचालन गर्नका लागि देशका ७ सय ५३ वटै स्थानिय तहमा संयोजक तोकिएकोे जानकारी छ । स्थानिय तहको स्काउट संयोजकको जिम्मेवारी पाएकाहरुलाई स्काउटका शैक्षिक, सामाजिक तथा सांगठनिक गतिबिधिहरुलाई स्थानीय स्तरमा विस्तार गरि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको लक्ष्य, दुरदृष्टी र निर्णयहरु कार्यान्वयन गर्न गराउन निर्देशन दिईएको छ । स्थानीय तहका स्काउटहरुले हरेक बिद्यालयमा स्काउट ईकाई निमार्ण गरि सबै बालबबालिका तथा युवाहरुलाई स्काउटिङ अभियानमा सरिक गर्ने बताईएको छ ।
ललितपुरका पालिकाहरुमा स्काउट संयोजक तोकियो ,गोदावरीमा पत्रकार अर्याल

Leave a Reply