गोदावरीमा निशुल्क घर नक्सा सेवा ! निर्माण ब्यवशायीको तालिम समापन (भिडियो)

ललितपुर । गोदावरी नगरपालिकामा अब निशुल्क घरको नक्सा बन्ने भएको छ । नगरपालिकाले उपत्यका स्वतन्त्र निर्माण ब्यवशायी संघसंग सम्झौता गरिसकेको जनाउँदै नगरप्रमुख गजेन्द्र महर्जनले नगरवासीलाई निशुल्क घर नक्सा निर्माण गरि मौकाको फाईदा उठाउन अपिल गरे । निर्माण व्यवशायीहरुलाई भुकम्प प्रतिरोधात्मक प्रविधिको ७ दिने तालिम कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । उक्त तालिमको दोस्रो चरणको तालिम कार्यक्रम आज समापन भएको छ । नगरपालिकामा भवन निमार्ण गर्ने व्यवशायीहरुको पनि सुचिकृत थालनी गरिएको छ । घरको नक्सा पास गर्दा घर बनाउने ठेकेदारको सुचिदर्ता प्रमाणपत्र नभएमा घरको नक्सा पास नहुने समेत बताए । नगरमा रहेका सम्पुर्ण निर्माण व्यवशायीहरुलाई निरन्तर तालिम दिने र सुचिकृत गरि ब्यवस्थित गरिने समेत नगरप्रमुख महर्जनले जनाए । उक्त विषयको भिडियो रिपोर्टको लिंक तल छ ।