ललितपुर । केहि स्थानीयले ढल र केमिकल पानीमा मिसाउँदा चापागाँउको साँस्कृतिक इखाःपोखरीको माछा सखाप भएका छन् । घर निर्मााण गर्नेहरुले रंगको केमिकल बाटोको ढलमा मिसाउँदा उक्त केमिकलको कारण ५० देखि ६० किलो माछा मरेको स्थानीयले बताएका छन् । सौन्दर्यका लागि पालिएको उक्त माछा भारत देखि ल्याईएको थियो भने हाल केहि स्थानीयले जथाभावी फोहोर मिसाउँदा पोखरीको सुन्दर माछाहरु सखाप भएका हुन् । १ किलो भन्दा बढि सम्म हुर्केका माछाहरु धेरैजसो गर्भावस्था रहेको स्थानीय सुरेश शाक्यले जानकारी दिए । उक्त स्थानको भिडियो लिंक तल छ ।
चापागाउँको साँस्कृतिक इखाः पोखरीमा केमिकल मिसाउँदा माछा सखाप (भिडियो)

Leave a Reply