प्रहरी उपरीक्षक ईश्वर कार्की सम्मानित

बर्दिया । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्की प्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित भएका छन् । उपरीक्षक कार्कीले प्रहरी प्रशासनमा रहेर विगतमा धेरै प्रशंसनीय कार्य गरेका छन् । उनलाई राष्ट्रको गौरव एवम् नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय भुमिका निर्वाह गरे वापत सम्मान स्वरुप प्रवल जनसेवाश्री मानपदवीबाट बिभूषित गरिएको हो। कार्की बर्दिया जिल्ला पुगेको थोरै अवधिमा पनि विभिन्न क्षेत्रमा भएका बिकृतिहरु हटाउन सफल भएका छन् । जिल्ला पुगेको १ महिनामा नो ड्रग्स अभियान सुरु भएको छ । त्यसैगरी फरार रहेका प्रतिवादीहरु दिनहुँ पक्राउ परिरहेका छन् । उनको कार्यलाई बर्दियावासीले पनि प्रशंसा गरेका छन् ।