ट्राफिक प्रहरीको सांगीतिक डमी अभियान शुरू (भिडियो सहित)

कार्तिक २२, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र विश्व निकेतन स्कुलको सहकार्यमा कानुन का विद्यार्थी मर्मत सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिबृद्धि गर्न र सडक दुर्घटना न्यूनिकरण गर्नका लागि ट्राफिक सचेतना अभिवृद्धिको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता एसपी श्याम कृष्ण अधिकारी ज्यु को प्रमुख योजनामा सांगीतिक डमी अभियान पुन शुरू भएको छ ।
सो अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने महाशाखाले गीत संगितको माध्यमबाट आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाउनका लागि विभिन्न ट्राफिक सन्देश एवम ट्राफिक गीतहरु समावेश गरी अडियो क्लिप तयार गरिएको छ । सो ट्राफिक सन्देश र गित भएको अडियो क्लिपका विभिन्न सन्देशमुलक सोलोकन विद्यार्थी को सहायतामा अडियो बजाएर सचेतना जगौन आम सडक प्रयोगकर्तालाई लक्षित गरी उपत्यकाको भिडभाड हुने मुख्य ४ वटा चोकहरु थापाथली,रत्नपार्क,पुरानो बसपार्कमा ,पुतलीसडक लगायत स्थानमा परिवर्तन गर्दै राखिने जनाएको छ । दैनिक विहान ३ घण्टा पिक आवरको समयमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।
ट्राफिक महाशाखाका प्रबक्ता एसपी श्याम कृष्ण अधिकारीले गीत सङ्गीत तथा प्लेकार्डरफ्लेक्स बोर्ड प्रदर्शनका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले मनमा छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकोले यो अभियान शुरू गरिएको बताए ।
विश्व निकेतन स्कुलको प्रधानाध्यापक हेरम्बराज कडेल
उनका अनुसार सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन सडक शिक्षा कार्यक्रमलाई विद्यार्थीले प्रभावकारी तरिकाले संचालन गरि कानुन का विद्यार्थीले कानुनी परिधिभित्र समाजलाई बाधी राख्न महत्त्व भुमिका खेल्ने बताए । उक्त अभियानको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।