राजस्व तिर्ने सेवाग्राहीलाई वडा अध्यक्षको यस्तो ब्यवहार (भिडियो सहित)

ललितपुर । जग्गाको मालपोत कर तिर्न आउने सेवाग्राहीलाई वडा अध्यक्षले बाहिर निकालेका छन् । ललितपुर महानगरपालिका वडा नं.२८ का अध्यक्ष राजेश महर्जनले अभद्र ब्यवहार गरि आफूहरुलाई हातपात समेत गरेको सेवाग्राहीले आरोप लगाएका छन् । विवादित रहेको जग्गाको कर नलिने भन्दै तिर्न आउने टोलीलाई उनले बाहिर निकालेको बताएका छन् । वडा अध्यक्ष महर्जनले आफ्नो मान्छेलाई हातपात गर्न खोजेपछि मोवाईलले भिडियो खिच्ने एक महिलाको मोवाईल खोसि फ्याकिदिएको दृश्यमा देखिएको छ । विवादको विषयमा अनुसन्धान भईरहेको स्रोतले जनाएको छ । उक्त मोवाईलले खिचेको भिडियो तलको लिंकमा छ ।