बालमैत्रीका लागि टोखामा मानव साङ्लो

काठमाडौं । टोखा नगरपालिकामा बाल अधिकारको प्रवद्र्धनका लागि वृहत मानव साङ्लो बनाईएको छ । टोखाको वडा नं ४ वालमैत्री घोषणाको अभियानमा लागेको छ । नगरपालिका उप प्रमुख ज्ञान माया डंगोलको प्रमुख आतिथ्यतामा हिजो (शनिवार) सम्पन्न उक्त कार्यक्रमको सभापतित्व वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले गरेका थिए ।
विघालयका विध्यार्थी, शिक्षक, महिला स्वास्थ्य स्वयं सेविका, विभिन्न आमा समुह, युवा क्लब, वाल क्लव तथा सम्पुर्ण राजनिती दलका प्रतिनिधि, समाजसेवी लगायतको स्वतःस्फूर्त उपस्थिति रहेको कार्यक्रममा सबैले आफ्नो पोसाक सहित उपस्थिति जनाएका थिए । बाजा गाजा झाकि सहीत मानवरुपी सांङ्लोले वडा परिक्रमा गरेको थियो ।
टोखा नगरपालिकाको वडा नं. ४ लाई बाल मैत्री घोषणाको लागि आवश्यक सुचकहरु बारे नारा बनाइ सबैले बोकि परिक्रमा गरिएको थियो
कार्यक्रमको सुरु मा आफ्नो भनाई राख्दै सर्वाङ्गीण विकास नेपालका अध्यक्ष अनुप घिमिरेले बालमैत्री अभियानले बाल बालिकाको हक हित अधिकार र विकास को प्रत्याभुत गर्ने भएकोले सम्पुर्ण स्थानीय सरकार अब बालमैत्री अभियानमा लाग्न पर्ने बताए ।
नगर उप प्रमुख डंगोलले वडा वाट सुरु गर्दै सम्पूर्ण नगरपालिका बालमैत्री घोषणाको अभियानमा लागेको र त्यसको लागी नगरपालिकाले निरन्तर विभिन्न कार्यक्रम गरी रहेको बताइन् ।

सर्वाङ्गीण विकास नेपालको सहकार्यमा विगत लामो समयदेखि यस वडामा बालमैत्री अभियान अन्तर्गत विभिन्न क्रियाकलापमा संचालन हुँदै आएको छ ।