बगुवा प्यूटारको सडक कालोपत्रे बन्दै ।जनताको सपना पुरा गरेको भन्दै स्थानीयले सांसद सञ्जेललाई दिए धन्यवाद

ललितपुर । बगुवा प्यूटारको सडक कालोपत्रे हुने भएको छ । बागमती प्रदेश पूर्वाधार बिकास कार्यक्रम बगुवा प्यूटार आश्रागं गिम्दि सडक खण्ड अन्तर्गत १० किलो मिटर पिच हुन लागेको हो । उक्त योजनामा चन्दनपुर सम्मको ३४ किमी सडक पिच हुने पूर्वाधार बिकास कार्यक्रम ,ललितपुरका प्रमुख दिपककुमार दासले जानकारी दिए । यस क्षेत्रका प्रदेश सांसद चेतनाथ सञ्जेलले सडक निर्माणको योजनालाई आगामी वर्ष पनि निरन्तरता दिने जानकारी दिए । सञ्जेलले आफु जन्मेको र ललितपुरको बिकट मानिने प्यूटारलाई सभ्य र सुविधा सम्पन्न ब्यावशायिक क्षेत्र बनाउने सपना पुरा हुन लागेमा खुसि ब्यक्त गरे । आर्थिक उन्नतिमा सडकले महत्वपूर्ण भुमिका खेल्ले भन्दै स्थानीयले खुसि हुदै सांसद सञ्जेललाई धन्यवाद दिएका छन् । उक्त सडकको स्थिति, प्रगतिबारे भिडियो रिपोर्टको लिंक तल छ ।