महाशिवरात्रिको तयारी पुरा – पशुपति क्षेत्र विकास कोष

काठमाडौँ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले तयारी पुरा गरेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं महाशिवरात्रि पर्व प्रचारप्रसार समितिका संयोजक डा. मिलनकुमार थापाले कोषले महाशिवरात्रि पर्व(२०७७ भव्य रूपमा सम्पन्न गर्न ११ वटा विभिन्न उपसमिति गठन गरी तयारी गरेको बताए । कोरोना महामारी कायमै रहेकाले मास्क लगाएर मात्रै भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश दिइने उनले बताए । महाशिवरात्रिका अवसरमा पशुपतिनाथका भित्री द्वारसहित
यस वर्ष महाशिवरात्रीको मुख्य आकर्षण १०८ केजी सुनको जलहरी रहने छ । राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा पूजा एवं प्राण प्रतिष्ठा गरेकी थिइन् ।
मन्दिर परिसरलाई विशेष किसिमले सिँगारिएको छ ।
पशुपतिनाथ मूल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छ । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ ।

महाशिवरात्रीको अवसरमा दर्शनार्थीलाई दर्शन गर्नका लागि पशुपतिनाथमा कुनै अवरोध नपुगोस् भनी सवारी व्यवस्थापनको विशेष योजना सार्वजनिक गरिएको छ ।