गर्भावस्थाका महिला प्रहरीलाई दही चिउरा खुवाँउदै समस्या र गुनासो सुनिन् एसएसपी बज्राचार्यले (भिडियो)

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले आफ्ना मातहतका गर्भवती महिला प्रहरीहरुलाई दहि चिउरा खुवाउदै नारी दिवस मनाएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महानगरी प्रहरी परिसर ललितपुरमा सोमबार आयोजित कार्यक्रममा परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले दुईजना महिला प्रहरीलाई दही चिउरा खुवाएकी हुन् । आमा र बच्चाको सुस्वास्थ्यको कामना गर्दै गर्भावस्थामा रहेका प्रहरी महिला कर्मचारीलाई दही चिउरा उनले बताईन्।कार्यक्रममा उपस्थित महिला प्रहरीहरुले आफ्ना गुनासो, समस्या समेत राखेका थिए । जसको समाधान तर्फ आफु लागेको वरिष्ठ उपरीक्षक बज्राचार्यले जनाईन् । उनले महिला प्रहरीका समस्या अरु महिलाको तुलनामा भिन्न रहेको र उनीहरुको समस्या समाधान गर्न आफु सधै तत्पर रहेको बताईन् । कार्यक्रमले महिला प्रहरीहरुमा उत्साह र उर्जा थपिएको भन्दै सहभागीले खुसि ब्यक्त गरे । उक्त कार्यक्रम बारे कृशुणा मिडियाले तयार पारेको भिडियो link: