कास्की । मानव अधिकार तथा शान्ति समाजको २३ औं राष्ट्रिय परिषद बैठक पोखरामा सम्पन्न हुने भएको छ । आगामी शुक्रवार र शनिवार २ दिन चल्ने परिषद बैठकको पहिलोे दिन बिहान शान्ति यात्रा गरि शुरुवात गरिने र कार्यक्रम नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा उद्घाटन हुने आयोजकले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । पोखराको साइमन पार्टी प्यालेसमा सम्पन्न हुने उक्त बैठकमा विभिन्न जिल्लाहरुबाट प्रतिनिधिको उपस्थिति रहने जनाएको छ । बैठकलाई सभ्य र भब्य बनाउन आयोजकले विभिन्न १४ उपसमिति गठन गरेको छ ।
कार्यक्रमको पूर्व सन्ध्यामा शान्ति समाजले विभिन्न विद्यालयहरुमा लागुपदार्थ दुब्यर्सनीका बारेमा सचेतना, रक्तदान र सरसफाई कार्यक्रम सम्पन्न गरिसकेको छ ।
समाजको नीति निर्माणका लागि विभिन्न जिल्लाहरुले पेश गरेका प्रस्तावहरुमा छलफल गरि अनुमोदन गर्ने , जिल्ला शाखाहरुले गरेका कार्यक्रमको जानकारी लगायत नयाँ केन्द्रिय नेतृत्व चयन समेत बैठकले सम्पन्न गर्ने आयोजकले बताएको छ ।
कोभिडका कारण धरासायी भएको पर्यटन उद्योगलाई अघि बढाउन पोखराको सुन्दर नगरीमा आयोजना गरेको यस कार्यक्रमले देशभरिका प्रतिनिधि मार्फत आन्तरिक पर्यटन शुरु भएको संकेत दिन समेत बैठक पोखरामा गर्ने निर्णय लिएको शान्ति समाजका सभापति उत्तम पुडासैनीले बताए । परिषद बैठक सम्पन्न गर्ने जिम्मा आतिथ्य कास्की शाखाले लिएको छ ।
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी हुन् । कुनै पनि विदेशी र स्वदेशी सरकार, दुतावास, दात्री संस्था,फाउण्डेसन, अन्तरसरकारी संस्था, धार्मिक संघ संस्था,राजनितिक दल, सुर्ती तथा मदिराजन्य उद्योग र राष्टिय तथा अन्तर्राष्टिय गैर सरकारी संस्थाबाट आर्थिक सहयोग नलिने संस्थाले जनाएको छ । मानव अधिकार ,लोकतन्त्र र अहिंसाका लागि कार्यगर्ने यस संस्था वि.स ं२०५३ सालमा स्थापित भएको थियो ।
शान्ति समाजको राष्ट्रिय परिषद बैठक फागुन २१ र २२ पोखरामा

Leave a Reply